धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी

काठमाडौं । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार ४ सय ८३ मत प्राप्त गरी विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खेम लोहनीले २३ हजार ९ सय ५० मत प्राप्त गरेका थिए। दुई उम्मेदवारको मतान्तर १० हजार ५ सय ३३ रहेको छ ।

धादिङ क्षेत्र नं २ मा १ लाख ३३ हजार ६ सय ४२ मतदाता रहेकामा ६७ हजार ६ सय १ मतदाताले मतदान गरेका थिए ।