सर्लाही क्षेत्र नं ३ मा एमालेका उप्रेती विजयी

काठमाडौं । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जानकारी दिए अनुसार उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई ७ सय ७० मतान्तरले पराजित गरेका हुन् ।

उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार १ सय ६८ मत प्राप्त गरेका छन्।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले ५ हजार ५ सय १९ मत ल्याएका छन््। उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।