धनुषा–३ (२) मा ठाकुर प्रदेशसभा सदस्यमा विजयी

काठमाडौं । धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा एमालेका दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परमेश्वर साहलाई १ हजार ४ सय ३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

यसैगरी ठाकुरले ८ हजार २ सय २० मत पाउँदा साहले ६ हजार ८ सय १७ मत मात्र प्राप्त गरेका छन् । जनमत पार्टीका रामबाबु साह कलवारले ३ हजार ६ सय पाँच, तराई–मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले ३ हजार २ सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले २ हजार ९ सय ९८ मत प्राप्त गरेको बताएका छन्।