गुल्मी–१ मा कांग्रेसका डा चन्द्र भण्डारी निर्वाचित

काठमाडौं । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका प्रदीप ज्ञवालीलाई १ हजार ५ सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

यस क्षेत्रमा कांग्रेसका भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका छन् ।

आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिएका छन्।