नुवाकोट–१ (१) मा माओवादीका राधिका विजयी

काठमाडौँ । नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राधिका तामाङ निर्वाचित भएकी छिन् ।

आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार १ सय ६९ मत ल्याएर विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाल)का उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार ३ सय ५० मत ल्याएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

यसअघि सोही प्रदेशसभाबाट निर्वाचित हुनुभएका तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा ४ हजार ८ सय १९ मतान्तरले विजयी भएको हो ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले १ हजार ५ सय ९, नेकपा (एकीकृत समाजवादी)का राजेश थापाले २ सय ८२, मङ्गोल नेशनल अर्गनाइजेशनका कर्म तामाङले १ सय ८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले १ सय ६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले १ सय ३ मत प्राप्त गरेका छन् ।

यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा खसेको कूल ३१ हजार १ सय ७ मतगणना हुँदा २९ हजार ७ सय ६५ मत सदर भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिएका छन् ।