सडक दुर्घटनामा १७ को मृत्यु

काठमाडौँ । पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ । रासस