अपाङ्गता भएका व्यक्तिहरूको लागि जागरण गीतको प्रवद्र्धन कार्यक्रम सम्पन्न

काठमाडौँ । समस्त अपाङ्गता भएका व्यक्तिहरूको लागि जागरण गीतको प्रवद्र्धन कार्यक्रम नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा “आउ साथी एउटा खुसीको दियो बालौं” मुख्य शिर्ष गीत लगायत अन्य गीतहरू समेत समेटेर तयार पारिएको सो श्रव्यदृष्य सामग्रीमा अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरौं भन्ने संदेशहरू समेटेर बनाइएका गीतहरू प्रदर्शन गरेका थिए ।

अपाङ्गता भित्र रहेको विविधतालाई समेट्ने गरी बनेको “आउ साथी एउटा खुसीको दियो बालौं” बोलको सो गीतलाई संपूर्ण अपाङ्गता भएका व्यक्तिहरूको मनमुटुसम्म पु¥याउने उद्धेश्यले आयोजित सो प्रवद्र्धन कार्यक्रम “तिमीसँग आन्विका अभियान” को सहयोगमा पाटसिबिआरले आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्यले यस प्रकारको संदेशमूलक गीतले समाजमा अपाङ्गता प्रतिको नकारात्मक धारणामा परिवर्तन ल्याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । कार्यक्रममा “तिमीसँग आन्विका अभियान” का प्रतिनिधी दिनेश खनालले मष्तिष्क पक्षघात भएकी बालिका आन्विकाको आमाबुवाको पहलमा उनी जस्तै अपाङ्गता भएकाअन्व्य क्तिहरूको सहयोगका लागि भनेर यस अभियानको शुरूवात गरेको जानकारी दिएका छन् ।

“समावेशी विकासका लागि रूपान्तरित समाधान पहुँचयुक्त र समतामूलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान” भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नारालाई सार्थक तुल्याउते उद्धेश्य बोकेर तयार पारिएको सो जागरण गीतले अपाङ्गता सम्बन्धी जनचेतना फैलाउन सफल रहोस, हाम्रो पनि शुभकामना छ ।