प्रधानमन्त्री दाहालद्वारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँको लैनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री दाहालले शुभकामना सन्देश मार्फत शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनु सबैमा आव्हान गरेका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न बताएका छन् ।