नेपालमा पनि विश्व डाउन सिण्ड्रोम दिवस सम्पन्न

काठमाडौं । हरेक वर्ष मार्च २१ लाई विश्व डाउन सिण्ड्रोम दिवस रूपमा विश्वभरि नै मनाइन्छ । डाउन सिण्ड्रोम दिवसको अवसर पारेर डाउन सिण्ड्रोम समाज, नेपालले राजधानीमा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको जिविकोपार्जन तथा समावेशी शिक्षाको सम्भावनाहरू उजागर गर्नका लागि २ दिने भव्य समारोहको आयोजना गरेको छ ।
“हामीसँग, हाम्रो लागि होइन” भन्ने नाराका साथ डाउन सिण्ड्रोम भएका बालबालिकाहरूलाई सिकाईमा केही बढी समय लाग्ने भएता पनि उनीहरू “सिक्न र गर्न सक्छन्” भन्ने विभिन्न उदाहरणहरू प्रश्तुत गरेर सम्भावनाहरूको उजागर गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न व्यक्तित्वहरूले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । डाउन सिण्ड्रोम लगायतका अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी शिक्षा तथा उनीहरूको जिविकोपार्जनका लागि के–कस्ता सम्भावना, अवसर, समस्या तथा चुनौतीहरू रहेका छन् भन्ने बारेमा स्पष्ट पार्नु हुँदै आफ्ना भोगाईका अनुभवहरू पनि कार्यपत्रमा उल्लेख गरिएको थियो ।

कार्यक्रममा डाउन सिण्ड्रोम समाज, नेपालका अध्यक्ष, शिला थापाले सन् २०१० मा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको अभिभावकहरूले यस समाजको स्थापना गरि डाउन सिण्ड्रोम भएका बालबालिकाहरूलाई दैनिक क्रियाकलापहरू तथा जिवनोपयोगी शिपहरू सिकाउँनका लागि दिवा सेवा केन्द्र सञ्चालन ग¥दै आएको र सबैलाई एकजुट पारेर उनीहरूको अधिकारका लागि आवाज समेत उठाईरहेको जानकारी दिइन ।