नेपाल बायुसेवा निगमा मौलाउँदै भ्रष्टाचार, कोरोना वेवास्ता गर्दै जापान

काठमाडौं । अवौं रुपैयाँ घाटामा रहेको सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगममा भ्रष्टाचार मौलाउन शुरु गरिसकेको छ । भ्रष्टाचारीहरुको अखडामा रुपमा परिचित हुँदै आएको नेपाल वायुसेवा निगममा हुने आर्थिक अनियमितता को अर्को उदाहरण हो जापानको नारिता भ्रमण । सरकारले भ्रमण वर्ष स्थगित गरी नेपाली जनतालाई विदेश नजान आग्रह गरिरहेका बेला बेला राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमले भने सरकारी टोलीलाई जापान उडाउनु भनेको आर्थिक अनियमितता नै हो निगमकै कर्मचारीको भनाई छ । निगमले जापानको नारिता उडाएका १५ जनाको सम्पूर्ण खर्च व्यहोर्ने छ ।
अहिलेको अवस्थामा वायुसेवा निगमले मन्त्रीका पिएदेखि सांसदसम्मलाई विदेश किन लैजानु पर्यो ? अहिले विदेश लगिएका १५ जनालाई गरी कम्तिमा पनि ३० लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यो खर्चले नेपाल बायुसेवा निगमलाई के फाइदा भयो त्यो खोजिको विषय भने पक्कै हुने छ । इकालोपाटीले अहिलेको विषम परिस्थितिमा नेपाल वायुसेवा निगमले गरेको यो भ्रमणमा औचित्यताको विषयमा खोजी गरी पाठक सामु पस्कने छ । कानूनत मन्त्रीका निजी सचिव तथा सल्लाहकारलाई सरकारी रकममा विदेश उडाउन पाईने छैन ।

कसकसलाई लगियो जापान ?

निगमले प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका पिए प्रेम गुरागाईँ, सांसदहरु कृष्णप्रसाद दाहाल, गणेशकुमार पहाडी, सरलाकुमारी यादवलाई नारिता भ्रमणमा लगेको छ ।

निगमकै प्रवन्ध निर्देशक गणेशबहादुर चन्दको नेतृत्वमा निगमको वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहाल, इन्जिनियर अच्युतराज पहाडी लगायतका कर्मचारी पनि नारिता भ्रमणमा गएका छन् ।

यस अतिरिक्त सञ्चारकर्मीहरु कालिका खड्का, राजेश राई, टेलिभिजन कार्यक्रम सञ्चालिका निमाकुमारी काफ्ले पनि नारिता गएका छन् । यस्तै, खगेन्द्र अधिकारी, बेन्जु सुवेदी, बोधमाया यादव, प्रदेश १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सुहाङ पनि नारिता गएका छन् ।