घुस लिएर फिर्ता गर्ने इन्जिनियर र सव इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्धा दायर

काठमाडौं, फागुन । जिल्ला शिक्षा कार्यालयल म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सव इन्जिनियर प्रमोदकुमार उप्रेतीलाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–३ स्थित श्री सुर्य ज्योति आधारभूत विद्यालयमा भवन निर्माणको क्रममा जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सव(इन्जिनियर प्रमोदकुमार उप्रेतीले अनुचित तरिकाले पैसा असुली गरेको आरोप लागेको थियो । सोही आरोप र उजुरीका आधारमा ७० हजार घुस लिएको उजुरी पर्नासाथ सो रकम फिर्ता गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
पहिले घुस लिएको र कार्वाहीबाट बच्नका लागि रकम फिर्ता गरेको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक कर्मचारीहरुले गरेको कार्य र प्रचलित कानूनी व्यवस्था विश्लेषण गर्दा शिक्षा विकास तथा समन्वय इकाई बेनी म्याग्दीमा कार्यरत निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले ७० हजार विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० तथा दफा ३ को उपदफा ९१० को खण्ड (ग)बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरीएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।