चलचित्र नम्बरी सुनुको शीर्ष गीत सार्वजनिक

काठमाडौँ । राजु गिरी निर्देशित फिल्म नम्बरी सुनुको शीर्ष गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष गीत ‘सुनको चुरा सुनैको कुरा छ’ सार्वजनिक गरिएको हो ।

राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको गीतमा गौरव पहारी र नम्रता सापकोटाको नृत्य छ । नारायण खातीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत छ । कार्यक्रममा अभिनेत्री नम्रता सापकोटाले कलाकार राजेन्द्र खड्गीसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस भएको बताए । यस्तै, फिल्म नम्बरी सुन आफैँ नम्बरी सुन बनेको र दर्शकहरूलाई थप मनोरञ्जन दिनेमा विश्वस्त रहेको कलाकार राजेन्द्र खड्गीले बताए ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ । फिल्मको छायाङ्कन लमजुङको भुजुंङ खोला, हेटौँडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको छ ।

फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय रहेको छ ।