न्यौपानेले भ्रष्टाचार गरेको पुष्टि गर्न उसिउलिको दियो चुनौती

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेडले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएको छ । न्यौपानेले भ्रष्टाचार गरेको आरोप लागेपछि उसिउलिले आइतबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७७ माघ अघि हुने गरेका अनावश्यक खर्चहरू कटौती गर्दै उद्योगको खरिद प्रक्रियालाई सुव्यवस्थित गर्न मात्र होइन लिलाम भई सकेको जग्गा फिर्ता ल्याउन सफल महाप्रबन्धक न्यौपानेलाई भ्रष्टाचारको आरोप लगाउने जो कोहीलाई प्रमाणद्वारा पुष्टि गर्न चुनौती दिन चाहन्छौँ ।’

उद्योगका महाप्रबन्धक न्यौपानेले राजीनामा दिएको भन्ने समेत समाचारहरु विभिन्न सञ्चार माध्यमहरूमा आइरहेका छन् । जीर्ण मेसिनहरू मध्ये किल्नसेल फेर्न, बर्नर फेर्न, जिसिटीको मर्मत सम्भार गर्न र क्याल्सनाइर प्रविधि जडान गरी हाल को दैनिक छ हजार बोरालाई वृद्धि गरी १० हजार पुर्‍याउन यही जेठ २२ मा कुल बजेटमध्ये १५ करोड ज्येष्ठ मसान्तसम्म ऋण उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई न्यौपानेले अनुरोध गरेका थिए ।

जसमा यदि उक्त समय भित्र न्यूनतम माग भएको रकम दिएर उत्पादन वृद्धि गर्न सहयोग नगर्ने हो भने आफूलाई अल्मल्याएर नराख्न र आफू पनि मार्ग प्रशस्त गर्न तयार रहेको न्यौपानेले उल्लेख गरेका थिए । जुन कुरालाई राजीनामा भनी बाहिर प्रचार गरिएको उद्योग प्रशासनले जनाएको छ ।