काठमाडौं । बङ्गलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरूको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ ।
बङ्गलादेशको राजधानी ढाकाबाट करिब २४० किलोमिटर दक्षिण पूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरू परिचालन गरिएको हो । चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमवार यता भएको वर्षापछिका विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ । उक्त क्षेत्र अहिले पहाडको भिरालोमा बसोबास गरिरहेका करिब १० लाख रोहिंग्या शरणार्थीहरूको घर हो ।
बङ्गलादेशका शरणार्थी, राहत र स्वदेश फिर्ता कमिश्नर (आरआरआरसी) मोहम्मद मिजानुर रहमानले भने, ‘सोमवारदेखिको भारी वर्षाका कारण दुईवटा छुट्टाछुट्टै पहिरोमा परी चार रोहिंग्याको मृत्यु भएको छ, र दुई जना घाइते भएका छन् ।’
कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तर सेवा जनसम्पर्कले जनाएको छ ।
वर्षाका कारण बढी आश्रय स्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बङ्गलादेशको बन्दरगाह सहर चट्टोग्रामलाई पनि क्षति पुर्याएको छ । तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ । देशको प्रमुख बन्दरगाह सहर चट्टोग्रामका केही भागमा सडक, लेन र बाइलेन घुँडा मुनिसम्म पानी जम्मा भएकाले चट्टोग्रामका तल्लो क्षेत्रका बासिन्दाले दिनदेखि जलमग्नताको सामना गरिरहेका छन्, जसले यात्रुहरूलाई ठुलो सास्ती खेप्नु परेको छ ।
बङ्गलादेशको पहाडी क्षेत्रहरूमा प्रायः जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा पहिरो जाने गर्छ । किनभने सो क्षेत्रमा जमिनमा बाली उब्जाउन र नयाँ घरहरू बनाउनको लागि ठुलो मात्रामा वन विनाश भएको छ ।
Add Comment