काठमाडौं महानगरको डोजर कपनमा पुगेपछि स्थानीय आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।

स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । ‘खहरे खोला खोलेर, छेउमा ढल बनाउनको लागि काठमाडौं महानगरले तयारीसहित अगाडि बढेपनि बुडानीलकण्ठ नगरपालिकाले सहमति नदिंदा डोजर चलेको छैन,’ थापाले भने ।

बुढानीलकण्ठ नगरपालिकाका स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।

काठमाडौं ७ नम्बर वडाका स्थानीयवासीले भने बुढानीलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरिरहेका छन् ।