रास्वपा सांसदले संसद् अवरुद्ध भएको अवधिको तलबभत्ता नलिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरुद्ध भएको समयमा सेवा सुविधा नलिने घोषणा गरेको छ । रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले शुक्रबार प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई त्यस विषयमा जानकारी गराएका छन् ।

‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्‌को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मानीय सभामुखमार्फत प्रतिवद्धता जाहेर गरेको छु,’ सभामुखलाई सम्बोधन गर्दै लेखेको पत्रका भनिएको छ । पत्रमा उनले निरन्तर रुपमा संसद् अवरुद्ध हुँदा सार्वभौम अधिकार हनन् भएको बताएका छन् ।

‘प्रतिनिधिसभाको जारी अवधिवेशनमा सरकारले अनुसन्धान गरिरहेको अवैध सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्षी दलले उच्चस्तरीय छानबिन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्ता पक्षले सो प्रक्रियामा जान अस्वीकार गरी विगत लामो समयदेखि जनताको सार्वभौसत्ता सदन अवरुद्ध छ,’ पत्रमा सभापति लामिछानेले भनेका छन् । एमालेले सुनकाण्डमाथि छानबिन गर्न उच्चस्तरिय समितिको माग गर्दै एमालेले संसद्‌मा अवरोध गर्दै आएको छ ।