सुनिल शर्मालाई पक्राउ गरिनु प्रतिशोध हो, यो गलत छ : चन्द्र भण्डारी

काठमाडौं । कांग्रेस सांसद चन्द भण्डारीले पार्टीका सांसद सुनिल शर्मालाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताएका छन् ।

बानेश्वरमा शुरू भएको संसदीय दलको बैठकमा केहीबेर बसेर बाहिरिने क्रममा भण्डारीले धेरै विकृति भएको देशमा नचाहिने विषयमा राज्यले प्रतिशोध साँध्न नहुने बताएका हुन् ।

‘यस अघि पनि उठेर स्थगित भएको विषयमा अहिले सुनिल शर्मालाई पक्राउ गरिनु प्रतिशोध हो’ भण्डारीले भने, ‘देशमा भ्रष्टाचार, अनियमितता र यतिधेरै समस्या भइरहेको बेला प्रतिशोधका नाममा समय खेर फाल्नु हुँदैन । यो गलत छ ।’

कांग्रेसको संसदीय दलको बैठकले शर्मा पक्राउबारे पार्टी धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सांसद शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीवार पक्राउ परेका हुन् ।