सोमपाल र दीपेन्द्रबीच अर्धशतकीय साझेदारी

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ ।

नेपालले ४१ ओभरमा ७ विकेट गुमाएर १९४ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच ५० रनको साझेदारी भइसकेको छ।

दीपेन्द्रसिंह  ऐरी २९ रन बनाएर आउट भएका छन् । उनलाई हार्दिक पाण्ड्याले आउट गरेका हुन् ।