भारतविरुद्ध नेपालले पूरा गर्यो २०० रन

काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ ।

श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध दुई सय रन पुरा नेपालले बनाउँदा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् ।

शेखले आठ चौकाको मद्दतम ५८ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्रसिं ऐरी २९ र गुल्शन झा २३ रन बनाएर आउट भए ।

भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।

ऐरीसँग ५० रनको साझेदारी गरेका सोमपाल कामी नटआउट २७ रन बनाएर खेलिरहेका छन् ।

कामीसँग साझेदारी गरिरहेका सन्दीप लामिछानेले ३ रन जोडेका छन् ।