एक व्यक्ति हत्या गरेर फरार भएका ६७ वर्षका राई ३४ वर्षपछि पक्राउ

काठमाडौं । व्यक्ति हत्यापछि फरार भएका भोजपुरका एक वृद्ध ३४ वर्षपछि पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका साल्पासिलिछो गाउँपालिका- ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले घटनाको ३४ वर्षपछि पक्राउ गरेको हो।

कार्कीले २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या गरेको ठहर गर्दै भाजपुर जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद फैसला गरेको थियो।

राईलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। राईलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

त्यतिबेला २४ वर्षीय राईले स्थानीय बुद्धिकुमार राईलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्यापछि उनले राईका दुबै हात छिनाएर एउटा हातसमेत आफैँसग लिएर गएका प्रहरीले जनाएको छ।

हत्यापछि भारततिर भागेका राई पछि सुनसरीमा आएर बस्न थालेका प्रहरी अनुसन्धानबाट खुलेको छ। सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउपछि उनले आफूहरुलाई दमन गरेकाले राईको हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ।