मालपोत अधिकृत यौन क्रिया गर्दा गर्दै होटेलबाटै समातिए

बाँकेका प्रमुख मालपोत अधिकृत महिलासहित नेपालगञ्ज स्थित एक होटलबाट पक्राउ परेका छन् ।नेपालगञ्जमा रहेको सिद्धार्थ भ्यू नामक होटलमा मालपोतकै अर्की महिला कर्मचारी सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रमुख मालपोत अधिकृत दौल्यालको साथमा महिलासँगै रहेको कुरा होटेलकी एक महिला कर्मचारीले प्रहरीमा उजुरीगरिन् । त्यसपछि सोही रात प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय जमुनाहा स्थित हिरासत कक्षमा दौल्याललाई राखी सोधपुछ गरिएको प्रहरीले बतायो । मालपोतका कर्मचारी यसरी पक्राउ परेको यो पहिलो पटक होइन एकजना स्थानीयले बताए ।

अधिकृत दौल्यालले आफूलाई षड्यन्त्र गरी फसाएको जनाएका छन् । प्रहरीले हवा नचली पात हल्लिन्छ र भनी प्रति उत्तर दिएको छ । जमुनाहाका एक प्रहरीका अनुसार दौल्याल अत्यन्तै कामुक र स्त्रीलम्पट छन् । उनलाई अहिले हाजिरी जमानतमा छाडिएको प्रहरीले बताएको छ ।