काठमाडौं । अवसरको खोजी गर्दै विदेश जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवा जनशक्ति विदेशिने गरेका छन् ।
यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिए । कुनै समय अवसर खोज्दै विदेश पुगे । २०६७ मा रोजगारीका लाग मलेसिया पुगेका उनले त्यहाँ करिब तीन वर्ष पसिना बगाए । उनलाई लाग्यो, त्यहाँ बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिन्छ । यही सोचले स्वदेश फर्किएका उनी अहिले गाउँमै माछापालनमा रमाएका छन् ।
जागिरको खोजीमा म विदेश जाँदिनँ । एकपटक अञ्जानमा विदेश गइयो । विदेश के रहेछ र त्यहाँको दुःख के हो भन्ने बुझ्नै मौका पनि मिल्योु, राजभण्डारी भन्छन्, अहिले स्वदेशमै पुग्दो छ ।
उनले माछापालनबाट मासिक सबै खर्च कटाएर एक लाख ५० हजार बचत भइरहेको जानकारी दिए । दैनिक औसतमा १५ हजारको कारोबार हुन्छ । त्यसबाट पाँच हजार जति बचत हुन्छु, उनी भन्छन् । सोलुदूधकुण्ड नगरपालिका( ४ रोक्दिङमा करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा ‘ट्राउट’ माछापालन गर्दै आएका उनीसँग अहिले ४० हजारभन्दा बढी माछाका भुराहरु छन् । उनले माछापालनका लागि दश वटा पोखरी निर्माण गरेका छन् ।
विदेशबाट फर्किपछि अन्य काम गरिरहेको थिए । कमाइ पनि ठीकै थियो । कोरोना महामारीका कारण बन्दाबन्दी लागू भएपछि भने आम्दानी ठप्प भयोु, उनले भने,सबै काम ठप्प भएपछि माछापालनको योजना बनाएको हुँ । सुरुमा माछापालनको योजना सुनाउँदा धेरैले हुँदैन भन्ने गरे पनि अहिले माछापालनबाट आम्दानी हुन थालेपछि भने प्रशंसा गर्ने गरेको उनले सुनाए । सोलुजस्तै चिसो ठाउँमा माछापालन हुन्न भन्ने धेरै थिएु, राजभण्डारी भन्छन् ।
राजभण्डारी अहिले दैनिक १८ घण्टासम्म माछापालनमै रमाउँछन् । २०७७ सालबाट सुरु गरेको माछापालनमा हालसम्म १ करोड लगानी भइसकेको छ । उनले माछापालनसँगै रोक्दिङमा होटल पनि सञ्चालन गरिरहेका छन् । माछा खरिद गरी लैजाने भन्दा पनि माछाका परिकार खान आउनेहरू धेरै रहेको उनको भनाइ छ । सदरमुकाम सल्लेरीबाट ट्राउट माछा खान आउनेहरू धेरै रहेको उनले सुनाए ।
फाल्लुका दिनेश राई खोलामा माछा पातलिँदै गएपछि मानिसहरू माछाको स्वाद लिन यहाँसम्म आउने गरेको बताउँछन् । माछा खान रुचाउने मानिसहरूको सङ्ख्या बढ्दो छ । तर, खोलामा माछा हराउँदै गएका छन् । अब पालेको माछा खालुको विकल्प छैन, उनले भने ।
जिल्लामा ट्राउट माछा प्रतिकिलो एक हजार छ सयमा बिक्री भइरहेको छ । यहाँ उत्पादन हुने माछा लुक्ला, नाम्चेलगायतका क्षेत्रमा बढी खपत हुने गरेको उनको भनाइ छ । चिसो ठाउँमा हुर्किएको माछा उपभोक्ताले बढी रुचाउने गरेको राजभण्डारीको अनुभव छ ।
हाल जिल्लाको अन्य चार स्थानमा पनि व्यावसायिक माछापालन भइरहेको छ । तामाखानी, बेनी, साल्मे, सल्लेरीमा ट्राउट माछापालन भइरहेको हो ।
बजारको चिन्ता छैन
यहाँ उत्पादन हुने माछा जिल्लामै खपत हुने गरेको छ । राजभण्डारी माग नै धान्न नसकिने अवस्था रहेको बताउँछन् । यहाँ उत्पादन भएका माछाले माग धान्न नसकेर कतिपय होटलहरूमा बाहिरबाट समेत माछा ल्याउने गरिएको उनले बताए ।
माछापालनमा एउटा समस्या भने छ । माछालाई रातको समयमा वन्यजन्तुहरूले आक्रमण गर्ने गरेको साल्मेका व्यवसायी भानुभक्त श्रेष्ठले सुनाए । फार्ममा राति आउने सालकले एकैपटकमा धेरै माछाहरू मार्ने गरेको भाइकाजी राजभण्डारीको भनाइ छ ।
केही हप्ताअघि मात्रै मेरो फार्ममा एकैपटक एक सयभन्दा बढी माछाहरू टाउको नभएको अवस्थामा भेटिए । हामी अचम्ममा पर्यौँ, उनले भने, पछि सीसी क्यामरा राखेपछि पोखरीको माछा सालकले खाने गरेको भेटियो । रातको समयमा खोलाबाट आउने सालकले पोखरीमा प्रवेश गरी माछाको टाउको खाने गरेको पाइएको उनले बताए ।
सालकले माछाको टाउको मात्रै खाने गरेको व्यवसायी कमल मगर बताउँछन् । राजभण्डारीले सीसी क्यामेरामा साइरन जडान गरेको र केही वस्तु पोखरीमा छिर्ने बित्तिकै साइरन बज्ने गरेको सुनाए । माछापालनमा वर्षातको समयमा आउने भलले पनि समस्या हुने गरेको छ ।
जिल्लामा ट्राउटका लागि आवश्यक दाना ढुवानी चुनौतीपूर्ण छ । जिल्लामा दाना उत्पादन नहुने र दानाका लागि काठमाडौंबाट ल्याउनुपर्ने हुँदा महँगो पर्ने गरेको छ । काठमाडौंबाट दाना आयात गर्दा प्रतिकिलो दुई सय ६६ पर्ने गरेको छ ।
Add Comment