दलहरु भाग्नु पर्छ भन्दै लिङ्गदेनले दिए नेताहरुलाई चेतावनी

काठमाडौं । गणतन्त्र र धर्मनिरेक्षताको विरोधमा राप्रपाले काठमाडौंमा भव्य प्रदर्शन गरेको छ । प्रदर्शनलाई सम्वोधन गर्दै पार्टीका अध्यक्ष र राजेन्द्र लिङदेनले मुलुकले थप विद्रोह थेग्न नसक्ने भन्दै नयाँ सम्झौताका लागि दलहरु सहमत हुनु पर्ने बताएका छन् । अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले आफूहरुले राखेको ४० बुँदे मागमा सहमति नभए । दलहरु भाग्नु पर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।

अघिल्लो सरकारसम्म आईपुग्दा गणतन्त्रलाई स्वीकार गरेर संघीयतालाई मनन् गर्दै बागमती प्रदेशमा सभामुख नै बनाउन सफल भएको राप्रपाका अध्यक्ष लिङदेनले गणतन्त्र विरोधमा प्रदर्शन गर्नुलाई बेग्लै ढंगले हेरिएको छ । उनको प्रदर्शन भव्य भएपनि बमौसमे बाजाका रुपमा कतिपय राजनीतिक विश्लेषकहरुले लिएका छन् ।