मकवानपुर । सत्ता साझेदार दलका नेताहरुलाई मन्त्री पदको मोह र मन्त्रीको भागबण्डा मिलाउनका लागि बागमती प्रदेशको मन्त्रीपरिषद्ले मन्त्रालय फुटाएको छ । यसरी मन्त्रालय फुटाएर वागमती प्रदेश सरकारले एक मन्त्रालय थप गरी १४ पु¥याएको हो । विगत साढे तीन महिनादेखि बिनाविभागीय मन्त्री रहेका मदुकुमार श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि मन्त्रालय थप गरिएको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।
नयाँ मन्त्रालय बनाए पनि विना विभागीय मन्त्री श्रेष्ठलाई जिम्मेवारी भने तोकिएको छैन । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषदले कार्यविभाजन स्वीकृत गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठलाई छिट्टै जिम्मेवारीसमेत प्रदान गरिने बताए ।
योसँगै वागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको छ । प्रदेश सरकारमा नेपाली कांग्रेसका ८ र एमाले ६ मन्त्री रहेका छन् ।।
Add Comment