ललितपुर । विशिष्ट गीतकार चलचित्र निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१मा गीतकार डा रमिल अधिकारी सम्मानित भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्युजिल्याण्ड निवासी गीतकार डा रमिल अधिकारी म्यूजिक खबर डायस्पोरा संगीत सम्मान बाट सम्मानित भएका हुन् । गीतकार अधिकारीको प्रतिनिधित्व गर्दै उक्त सम्मान टेलिभिजन पत्रकार गणेश थापाले ग्रहण गरेका थिए ।
नेपालको कास्कीको पोखरामा जन्मिएर मात्रीभुमीको सेवा गर्दै हाल कर्मथलो न्युजिल्यान्ड बनाएर देशको माया मुटु भरि साचेर आफ्नो बिज्ञताले देश बिदेशलाई चिनाउदै र जोडदै अनि कला साहित्य संगीतमार्फत निरन्तर नेपाली गीत संगीतको क्षेत्रमा अधिकारीले पुराएको योगदानको कदर गर्दै उक्त सम्मान अर्पण गरिएको हो ।
पेसाले जन स्वास्थ्यकर्मी र पब्लिक हेल्थ एसोसिएन न्युजिल्यान्डका निबर्तमान अध्यक्ष तथा हाल उक्त सस्थाको सुशासन बोर्ड सदस्य रहेका डा अधिकारी समाज सेवा र नेपाली कला साहित्यको सेवामा निरन्तर लागिरहेका छन् । अधिकारीका गीत गजलहरु जिउने चाहना, आऊ एउटा बाचा गरौं, हाम्रो जे भने नि तिमी, विन्दास नाच्ने हो लगायतका गीतहरु सार्बजनिक भैसकेका छन भने केही गीत गजल दर्शक श्रोतामाझ लोकप्रिय समेत छन ।
Add Comment