२३ गते संसद डाकिए नेपालसमूह पनि सत्तापक्षकै बेञ्चमा बस्नुपर्ने बाध्यता

काठमाडौं । निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता–दाबी निरूपण नगरेको कारण दाहाल–नेपाल समूह पनि संसदमा सत्तापक्षकै बेञ्चमा बस्नुपर्ने बाध्यता भएको छ । कानुनी रुपमा पार्टी फुटी नसकेकोले यस्तो झन्झट आइलागेको हो । पार्टीको आधिकारिकतामा दुबै पक्षको दाबी रहेको कारण निर्वाचन आयोगले नेकपाको आधिकारिक को हो भनी निक्र्यौल गर्न नसकेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक डाकेकी छिन् । सो बैठकमा प्रचण्ड नेपाल समूह सत्तापक्ष्कै बैञ्चमा बस्नुपर्नेछ । राष्ट्रपतिले त्यसदिन प्रतिनिधिसभाको बैठक मात्रै बोलाउने कि, दुवै सदनको बैठक डाक्ने हुन् त्यो निक्र्यौल नभए पनि सदन डाकिएको खण्डमा प्रतिपक्षीको भूमिकामा जसरी उभिएको प्रचण्ड नेपाल समूहलाई सत्तापक्षकै सिटमा बस्नुपर्दा सकस हुनेछ ।

iत्यातिबेला ओलीले सत्तापक्षकै सिटमा बसेर सरकारको विरोध गर्ने ? भनेर प्रश्न गर्न सक्नेछन् ।