गायक खरेलले नचाए कुस्माबासीलाई

कुस्मा । युवा क्लबको आयोजनामा पर्वत सदरमुकाम कुस्मा बजारमा भइरहेको दोस्रो मगर महोत्सवमा शनिवार प्रमोद खरेलको उपस्थिति थियो।

लामो समयसम्म मेला महोत्सवजस्ता मनोरञ्जनात्मक गतिविधिबाट बञ्चित कुस्मावासी प्रमोदसँगै नाचे।

प्रमोदले पनि कुस्मेलीलाई नचाए

कुस्मा बजारसहित ग्रामीण क्षेत्रबाट समेत गरेर हजारौँको सहभागिता खरेलको गीतमा रमाए।

लोकप्रिय गायक खरेल त्यसमा पनि करिब एक वर्षपछिको मेला महोत्सवको रमझम यही कारण पनि गीतमा रमाउने र नाच्नेहरू निकै हौसिएका देखिन्थे।