काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला उपचार गराउन आउने बिरामीको संख्या बढेको छ । पछिल्ला वर्षमा झंै केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै पाटन अस्पतालमा बिरामीको संख्या बढेको हो ।
‘हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन चौबीसै घण्टा निरन्तर चलाउनुपरिरहेको छ,’ अस्पतालका निर्देशक डा. रवि शाक्यले भने, ‘एक दिनमा लगभग ४५ मिर्गौला पीडितको डायलासिस भइरहेको छ । साना बालबालिकादेखि वृद्धवृद्धासम्म यस रोगको उपचार गराउन आउँछन् ।’
अस्पतालमा धेरैजसो ५० वर्ष उमेर कटेका बिरामीहरु उपचार गर्न आउने गरेको अस्पतालकी नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठले बताइन् ।
Add Comment