काठमाडौंमा शुरु भयो बालबालिका सम्बन्धी १० वर्षे रणनीतिक योजना

काठमाडौं । बालबालिकाको अधिकार सुनिश्चितताका लागि क्रियाशील संघसंस्थाहरुले कन्र्सोटियमको आयोजनामा बालबालिका सम्वन्धी १० वर्षे रणनीतिक कार्ययोजनाका लागि काठमाडौंमामा दुई दिने कार्यशाला गोष्ठि शुरु भएको छ ।

गोष्ठिको उद्घाटन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारीले कार्यशालाबाट बालबालिकाको रचनात्मक र सकारात्मक सुझाव सहितको मस्यौदा तयार पार्नका लागि आग्रह गरिन् । उनले बालबालिकाको विषयलाई संविधानमा नै उल्लेख गरेको बताउँदै संविधानका उल्लेख गरिएका कुरालाई कार्यान्वयन गराउनका लागि सरकार लागि परेको समेत बताईन ।

कार्यशाला गोष्ठिमा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले राज्यस्तरबाट गरिनु पर्ने तयारीमा नागरिकको सहभागिता रहनु प्रशंसनीय रहेको भन्दै कार्यशालाबाट आएका सुझावलाई राष्ट्रिय रणनीतिमा समावेश गरिने प्रतिवद्धता जनाए ।

दुई दिने कार्यशाला गोष्ठिको उदेश्यका बारेमा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सरकारको सहयोगीका रुपमा रहेर नीतिनिर्माण तहमा सघाउ पु¥याउन कार्यशाला आयोजना गरिएको बताए । गैह्रसरकारी संस्था सरकारको प्रतिष्पर्धि नभई सहयोगी भएकाले सहकार्यको नेतृत्व लिई कार्यशाला आयोजना गरिएको र यसले नीति निर्माणमा सघाउ पु¥याउने अध्यक्ष थापाको भनाइ थियो ।

‘जसको सबाल उसको सहभागिता’ भन्ने नारा सहित आयोजित सो कार्यशालामा सातै प्रदेशलाई समेट्ने गरी ६० जिल्लाका १०३ बालबालिकाको सहभागिता रहेको छ । बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थासँगको सहकार्यमा कन्सोर्टियम नेपालले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा एसिड आक्रमण विरुद्धकी अभियन्ता मुस्कान खातुनलाई सम्मानित गरिएको थियो ।