बिराटनगर । झापाको गौरादहमा ग्रिल व्यवसाय गर्दै आएका रबिन गिरी र उत्तम श्रेष्ठलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । आमनागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै बिना कसुर व्यवसायी कुटिएका छन् ।
गौरादह–१ चैतुचोकमा रहेको पसलबाट काम सकेर घर जाने क्रममा प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको पीडित रबिन गिरीले बताए ।
मंगलबार अबेरसम्म काम गरेर घर जाने क्रममा प्रहरीले बिनाकारण आफूहरुमाथि कुटपिट गरेको उनीहरुको भनाइ छ । कुटपिट गर्ने प्रहरीले मादक पदार्थ सेवन गरेको उनीहरुले आरोप लगाएका छन् ।
प्रहरीले लाठी र बुटले हिर्काउदा गिरीको खुट्टा, घुडा र ढाडमा चोट लागेको छ । उनको तिघ्रामा स्पष्ट निलडाम देखिन्छ । श्रेष्ठको भने बाहिरी चोट देखिएको छैन ।
तर, काम गर्नै नसक्ने गरि जिउ र टाउको दुखिरहेको उनले बताए । उनीहरुले न्याय दिने प्रहरीले नै ज्यादती गरेको आरोप लागेका छन् । न्युज ट्वान्टी फाेर
Add Comment