मध्यरातमा घरमा आगलागी

लमजुङ । लमजुङमा आगलागी हुँदा एक दम्पतीको ज्यान गएकाे छ । 

मंगलबार बिहान साढे १ बजेतिर मर्स्याङ्दी गाउँपालिका- ९ सेग्लेस्थित धन्सारमा लागेकाे आगोमा जलेर दम्पतीको निधन भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धर्मराज भन्डारी र उनकी श्रीमती पशुपती भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका  प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।