Latest Articles

नेप्से परिसूचक १५.९२ अङ्कले उकालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९२ अङ्कले उकालो लागेर १ हजार ८ सय ३१.०५ पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...

उत्पादन मिति नभएको खाद्य सामग्री सरकारी गोदाममै भेटियो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित पारी तीन टोलीले बजार अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति नभएको खाद्य सामग्री भेटिएको छ । अनुगमनमा सहभागी उपभोक्ता अधिकार...

निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो

काठमाडौँ । सुनसान गाउँ । जीर्ण घरहरु । बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ ।

बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै...

अस्पतालमा शय्याको अभाव, बिरामीको चाप बढ्न थालेपछि उपचारमा समस्या

काठमाडौँ । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव भएको छ । ५१ शय्याको अस्पतालमा दैनिक ५ सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

मौसमको परिवर्तनसँगै अस्पतालमा सेवा विस्तार भएपछि दैनिक बिरामीको चाप बढ्न...

लोपोन्मुख अवस्थामा सुदूरको देउडा

काठमाडौँ । बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने...

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरेका छन् ।

विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो ।...

४३ औँ विश्व पर्यटन दिवस : भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

काठमाडौँ । आज ४३ औँ विश्व पर्यटन दिवस । पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ...

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

काठमाडौँ । धनुषामा मादक पदार्थ सेवन गरीे आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको छ । हत्या गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका ६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ...

तीन वर्षदेखि रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो ।

कोरोना सङ्क्रमण नियन्त्रणमा...

बङ्गलादेशमा डुङ्गा पल्टिँदा ५१ को मृत्यु

काठमाडौँ । गत आइतबार एक डुङ्गा पल्टिदा ५१ जनको मृत्यृ भएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट ४ यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो ।

डुङ्गामा परी मृत्यु हुनेको...