Latest Articles

आफू प्रधानमन्त्री बनिरहने अवस्था नरहे संसद् विघटनकै पक्षमा छन् ओली

काठमाडाैं । संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६ (३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर समूह निर्णायक देखिन्छ। नेपाल समूह र जसपा ठाकुर...

कोभिड विरुद्धको खोप केन्द्र अनुगमनमा दिनभरै व्यस्त मेयर शाक्य

काठमाडौं । आईतबार टन्टलापुर घाममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासृुन्दर शाक्य कोभिड विरुद्धको खोप केन्द्रहरुमा घुमिरहेका देखिन्थे । खोप केन्द्रमा मेयर शाक्य पुगेपछि कतिपय खोप लगाउने आएकाहरुले त मेयर पनि खोप लगाउन...

‘बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउनू’

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूलाई कोरोनाका बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउन निर्देशन दिएकाे छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा अक्सिजन व्यवस्थापन...

प्रधानमन्त्री ओलीलाई फेरि सपथ गराउन सर्वोच्चमा रीट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ ग्रहण पुन ःगर्नु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रीट परेको छ ।
ओलीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञागर्छु’ भन्न शब्द उच्चारण...

संसदीय प्रक्रियाबाटै बजेट ल्याइन्छ : प्रधानमन्त्री

काठमाडौं। देशमा राजनीति प्रतिकुल अवस्थाबाट गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रक्रियाबाटै बजेट आउने बताएका छन्। आइतबार सिंहदरबारमा बसेको पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...

पछिल्लो २४ घण्टामा १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार  नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन...

भारतमा बालुवाले पुरेर छाडिएका संक्रमितका शवकाे अनुसन्धान गरिँदै

भारत ।  भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै...

सजग रहनू, नेत्र पार्नू चनाखा

शिक्षकका बारे
‘गर्छौ ध्यान दिई निरीक्षण भने देखिन्छ जे जे जहाँ
तिम्रो शिक्षक बन्न सक्तछ उही निःस्वार्थसेवी यहाँ’ ।।
हाम्रो दृष्टि भए त सूक्ष्म, गहिरो पाइन्छ शिक्षा लिन
भोगेका अनुभूति छन् गुरुसरि प्रत्यक्ष शिक्षा दिन...

नुवाकोटमा दुई कोरोना संक्रमितको मृत्यु

त्रिशूली  । त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको पनि निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना...

ओमानबाट ल्याइएको स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । ओमानबाट नेपालमा ल्याइएको स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।
ओमानको लागि नेपाली राजदूत शर्मिाला पराजुली ढकालले नेपालीहरूबाट प्राप्त सहयाेग नेपाल पठाएकी...