Latest Articles

‘हामीलाई बैठकमा बोलाएको भए यो दुर्घटना हुँदैनथ्यो’ : गगन थापा

काठमाडौँ । एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धन अस्तित्वमा आएपछि नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको कुराकानी
संसद्को ठूलो दल भएर पनि प्रतिपक्षमा बस्ने...

कैलालीमा नक्कली नोट र बाघको हड्डीसहित ५ जान पक्राउ

काठमाडौँ । कैलालीमा १ लाख ४२ हजार नक्कली नोट, वन्यजन्तुको हड्डी र जडीबुटीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिका–६ बस्ने ५५ वर्षीय लालबहादुर साउँद, दार्चुलास्थित लेकम गाउँपालिका–६ बस्ने ३३...

आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज प्रतितोला १ लाख ७ सयमा कारोबार भएको छ...

सर्लाहीमा सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

काठमाडौँ । सर्लाहीमा चालु आर्थिक वर्षको ५ महिनामा सवारी साधन कारबाहीबाट ९० लाख २७ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । । जिल्ला ट्राफिक कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक...

सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ  ।
मंगलबार बिहान निजी निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले  जनहितमा काम गर्न पार्टीका तर्फबाट...

पूर्व प्रधानमन्त्री देउवा डेरा खोज्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाको घर खोजीमा लागेका छन ।
बूढानीलकण्ठमा रहेको उनको घर मर्मत क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उनको परिवारले नयाँ घरमा सर्न...

चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा

काठमाडौँ । धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार...

फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन

काठमाडौँ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग...

अस्पतालमै बच्चा छाडेर आमा फरार

काठमाडौँ । सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी १ गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार भएकी छिन् ।
ती सुत्केरीले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

कठमाडौँ । यही पुस १३ देखि १६ गतेसम्म पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद...