झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चोरको खुट्टा काटभन्दा अन्य दलका नेताले खुट्टा तानेकोजस्तो नेताहरुको प्रवृत्ति देखिएको बताएका छन्।
कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोलेका कुरा नेताहरुले चरित्र सुधार्नुपर्ने अवस्था आएको कुरा रहेको उनले बताए। तर अन्य नेता आफूमाथि खनिएको उनले बताए।
उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ। तर नेताले आफैंलाई भनिएकोजस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने।’
राप्रपा यथास्थितिको राजनीतिबाट वाक्क दिक्क भएकाहरुका लागि आशा र भरोसा बनेको उनले बताए। गृह जिल्ला झापामा शनिबार आयोजित कार्यक्रममा बोल्दै जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने बताए।
उनले भने, ‘तपाईंहरुको मत र विश्वासलाई धोका दिन्न।’
आफू पदमा मात्र बस्न अध्यक्ष नभएको बताए। उनले भने, ‘अब कार्यकर्ताले चिन्ता लिनु पर्दैन।’
आफू कांग्रेस र कम्युनिष्ट मिलाएर हिँड्ने भएकाले कसले के भन्छ भन्ने कुराको पछि नलाग्ने लिङ्देनले बताए।
राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा काम नगर्नेको स्थान नरहने बताए। उनले भने, ‘अब उपरखुट्टी लगाएर बस्नेको काम छैन। म पनि काम गर्छु, अरुले पनि गर्नुपर्छ।’
अब पार्टी फुट्ने र फुटाउने परिस्थिति नभएको उनले बताए।

