काठमाडौँ । सौन्दर्य प्रतियोगितामा ८ वर्ष अघि भएको बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ ।
एक युवतीमाथि मानव बेचबिखन र अर्की किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी गरिएको छ । आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी सुस्मिता रेग्मीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् ।
त्यस्तै अर्की एक किशोरी पाण्डेले आफूलाई बलात्कार प्रयास गरेको भन्दै हिजो प्रहरीको सम्पर्कमा आएकी थिइन् । उनको किटानी जाहेरीसमेत दर्ता भइसकेको छ । स्रोतका अनुसार उनको हकमा प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ ।
उमेरले नाबालिक भएकाले उनको केसमा हदम्याद आकर्षित हुँदैन । आरोपी पाण्डेलाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिँदै छ । अदालतले मानवबेचविखन वा यौन दुर्व्यवहारमध्ये एउटा आरोपमा म्याद थप्नेछ ।
Add Comment