काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहनुभएका पूर्वमन्त्री पुनलाई आज भेटेर अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य लाभको कामना गरेका हुन् ।
लामो समयदेखि वंशाणुगत जन्डिसको उपचार गराइरहनुभएका पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जानकारी दिएका छन् ।
Add Comment