चीनको प्रान्त वुहानवाट गत डिसेम्वरको अन्त्य तिर चर्चामा आएको कोरोना भाईसरका कारण आज विश्व समुदाय घरभित्रै वन्दी जीवन जीउन वाध्य भएको छ । यो आलेख तयार पार्दासम्म विश्वभर २ लाख ३९ हजार ६ सय १४ जनाले ज्यान गुमाईसकेका छन् । यस भाईरसका कारण सन्सारै भरी सन्त्राशको वातावरण श्रृजना भैरहेको छ । हिजोसम्म एक देशको दुश्मन छिमेकी देश या अर्को देश हुने गरेकोमा आज सवैको शत्रुका रुपमा कोरोना भएको छ यसले मानिसलाई गतिलो पाठ सिकाउदै छ आपसमा भाइचारा नै सवैभन्दा उत्तम रहेको बताउदै छ ।
हिजोसम्म परम्पर शत्रु रहेका वर्गहरु आज सोच्न वाध्य भएका छन् कि विश्वमा बाँच र वाँच्न देउ भन्दा ठुलो सम्पत्ति केही पनि रहेनछ भनेर ।
दशा वाजा वजाएर आउदैन भन्ने कुरा हाल आएर सँसारभरि प्रष्ट भएको छ । सँसारलाई विकासको क्रममा अगाडि वढाउने घण्डी आज रोकिएको छ यसको क्रमसंगसंगै मानिसहरु घरभित्रै कैदीका रुपमा रहन वाध्य भएका छन् । हिजोसम्मको दौडादौड आज आएर पूर्ण विराममा परिणत हुन पुगेको छ ।
माथिको विम्ववाट आज संसार कुन दिशातर्फ गईरहेको छ त्यसको डरलाग्दो आभाष हुन पुगेको देखिन्छ । कोरोनाको अन्त्य पछि विश्वको राजनीति तथा आर्थिक नीतिले कस्तो मार्ग लेला त्यो त समयनै बताउने कुरा हो । आज यसको आकंलन गर्नु केवल संभावनाको कुरा मात्र हुन आउँदछ । सँसारलाई नै हतोत्साहित तथा ध्वस्त गर्ने भाईरसवाट कसरी वच्ने विश्व आज यसकै चिन्ता गरिरहेको छ ।
तर यस्तो विषम परिस्थितीमा समेत यसवाट लाभ लिने वर्ग तथा राजनीति दाउ छोप्ने वर्ग विश्वमा कतै खोज्न जानु पर्ने छैन त्यो वर्ग नेपालको राजनीति वर्ग , व्यापारिकवर्ग लगायत तपाई हाम्रै अगाडि प्रसस्त रुपमा रहेका छन् । काण्डै काण्डको नेपालमा कोरोनाको रुपमा अर्को काण्ड थपिएको कुरा जग जाहेरै छ । एउटा उखान छ नेपालीले पाएमा गर्छ ? त्यो राम्रो होस या नराम्रो नेपालीले अवसर पाएमा हात चाट्ने काम कुनै पनि वेलामा गुमाउँदैन भन्ने कुरा स्वास्थ्य सामाग्रीमा भएको गडवडीवाट अझ चरितार्थ भएको छ । कुनै पनि दैवी विपत्ति या प्राकृतिक आपत किन नहोस त्यस्तो अवस्थामा पनि हात चाटने नेपालीको बानी मृत्यु दैलैमा आउँदा समेत चेतना नजाग्ने हामी नेपालीलाई विश्वको सर्वश्रेष्ठ जन्तु (राजनीति) का रुपमा राख्नु पर्ने देखिन्छ ।
आपतमा हात सेक्ने नेपाली राजनीतिकर्मी पुराण पल्टाउने हो भने यसको अतितमा पनि एक फेर जानु पर्ने देखिन्छ । २०१७ सालको परिवर्तनपछि राजनीतिलाई आर्थिकोत्थानका रुपमा प्रयोग गर्ने वर्गको विकास राम्रो संग भएको पञ्चायतको अवधिभर डलर काण्ड, सर्पको छाला काण्ड, व्यवस्था टिकाउने नाममा वन जंगल मास्ने काण्ड लगायतका व्यक्तिगत तथा राजनीतिक स्वार्थका दर्जनौ काण्डहरु नभएका होईनन ।
२०४६ सालको परिर्वतन पछि नेपाली काँग्रेसको अगुवाईमा भएका दर्जनौ काण्डहरुमा धमिजाको लाउडा काण्ड, साँसद लुकाउने काण्ड, पजेरो काण्ड, पुरुष साँसदलाई सुत्केरी औषधी वाँडने काण्ड,बाख्रा काण्ड लगायत दर्जनौ काण्ड मार्फत राजनीति र व्यक्तिगत स्वार्थका काण्डहरु हामीले भोगेका थियौ । अरुको आङमा के देख्ने आफ्नो आङमा केही नदेख्ने ? भन्ने उखानलाई चरितार्थ गर्ने नेपाली राजनीतिलाई हेर्ने हो भने पाँचै औंला वरावर रहेको देखिन्छ ।
नेपालको संसद भवनमा हरेक कुरामा सत्ताधारी र विपक्षीको कहिले पनि मेल हुने गरेको देखिएको छैन तर खानेपिउने, धन कमाउने कुरामा प्रतिपक्ष र विपक्षीको कुनै दिन दुईमत हुने गरेको पाईएन । सिक्काको दुईपाटा भने झै राजनीतिवाट आर्थिकोपार्जन गर्नका लागि के काँग्रेस के कम्प्युनिष्ट दुवै मिलेर राष्ट्रिय ढुकुटीमा लुट मच्चाईरहेका देखिन्छन ।
राजनीतिलाईै समाज सेवा बनाउनुको साटो व्यवसाय वनाउने नेपालका राजनीतिक दल र तिनका भातृ संगठन खानेदाउमा कहिले पनि पछि पर्दैनन भन्ने कुरा वेलावेलामा एैना जस्तै हुने गरेवाट प्रष्ट हुन्छ ।
नेपालमा दाउ पर्नु पर्छ जे गर्न पनि पछि पर्दैनन भन्ने कुरा सुन काण्ड, एनसेल, वाइडवडी, मेलम्ची,नेपाल ट्रष्टको जग्गा अपचलन, ललिता निवास काण्ड, लगायतका दर्जनौ काण्ड वर्तमान सरकारकै पालामा भएको र उच्च राजनैतिक नैतिकता देखाउदै पछिल्लो पटक कोरोनाको नाममा स्वास्थ्य सामाग्रीमा भएको ५४ करोडको काण्डले के देखाउछ भने हाम्रा शासक वर्ग उच्च नैतिकवान ? रहेका छन त्यसकारण उनिहरु यस्तो परम्परा वारम्वार प्रदर्शन गरिरहन्छन ।
पछिल्लो समयसम्म आइपुग्दा दुईवटा काण्डहरुलाई जोडेर हेर्नु पर्ने देखिन्छ २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पको रेक्टर स्केलमै हेरफेर गर्न सक्ने तत्कालिन सरकार र त्यसका सदस्यहरुले भुकम्प पीडितका लागि दाताले दिएको जस्ता पाता नुवाकोटवाट विक्रीका लागि काभ्रे तर्फ लैजादै गर्दा पर्दाफास भएको त्यस्तै अर्का महानुभावले पालको वेचविखन तर्फ उन्मुख हुनु भएको , सासद महानुभावहरुले पीडितका लागि दाताले प्रदान गरेको पाल घरतर्फ ओसार्नु भएको लगायतका काण्ड नभएका होइनन ।
हिजोको सिकाईवाट आजका महानुभावहरु पनि सोहिवाटोमा हिडनु भएको कुरा घाम जतिकै र्छल्लङ्ग छ र भन्न मन लाग्दछ नेपालीले मौका पाएमा गर्दछ है गर्दछ ।
Add Comment