फेरि रवि लामिछानेविरुद्ध चार दिन म्याद थप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल ४ दिन म्याद थप भएको छ । हिरासतमा रहेका रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ ।