गजल – मीठो गजल यहाँ गायो कसले ?

डा .रमिल अधिकारी

यती मीठो गजल यहाँ गायो कसले ?
एकाएक रमिललाई नचायो कसले ?

 

कस्तो सुरमा बज्यो नगराको धुन
रमिल लाई बजाउन सिकायो कसले ?

 

लेख्ने अनि सुनाउने त गर्थे नै रमिल
आज त अभिनय नै गरायो कसले ?