वडा अध्यक्ष महर्जनले गरे चित्तधर हृदय स्मृति संग्रहालयको उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १८ ले वडाका प्रसिद्ध साहित्यकार चित्तधरको नाममा स्थापना गरिएको चित्तधर हृदय स्मृति संग्रहालय सञ्चालनमा ल्याएको हो ।संग्रहालयको वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सो संग्राहलय सञ्चालन शुरुवातका लागि उद्घाटन गरेका छन् ।

संग्रहालय उद्घाटन गर्दै महानगरको वडा १८ का अध्यक्ष महर्जनले नेवार समूदाय वीच एक आपसमा विभाजन भएकै कारण स्थानीय भाषा, साहित्या कलामा एकरुपता नआएकाले स्थानीय नेवार समुदाय एकजुट हुनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले साहित्यकार चित्तधर र संग्रहालयका विषयमा आआफनो धारणा राखेका थिए ।

संग्रहालयमा नेवा समुदायका रीति रिवाज, भाषा संस्कृति, भेषभूपा तथा दैनिक प्रयोग हुने विभिन्न बस्तुहरुका साथै साहित्यकार चित्तधरले प्रयोग गर्नु भएका विभिन्न सामग्रीहरु समेत संरक्षण गरिएको छ ।