कामना सेवा विकास बैंक र लेमन ट्री प्रीमीएरबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठस्थित लेमन ट्री प्रीमीएरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार, बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड तथा बेभरेज सेवामा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण पेश गरेपछि सहजै यो सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले यस सम्झौताबाट ग्राहक र कर्मचारीहरूले लाभ लिन सक्ने विश्वास लिएको छ ।