विहानै देखि दिनभर पानी पर्ने सम्भावना, आज कस्तो त ?

काठमाडौं । केहीदिन चर्को घाम लागेपनि आजबाट मनसुन परिवर्तन भई पानी पर्ने सम्भावना देखिएको । विहानैदेखि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान विभागले सूचना जारी गरेको छ । विभागले जारी गरेको सूचना अनुसार आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको बताए । त्यसो भए कस्तो अवस्था छ त आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख भए अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भने भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने छ ।