काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु, प्रर्दशनका लागि बानेश्वर पुग्न थाले

काठमाडौं । सरकारले हिजो जेनजी अभियानमा गरेको नरसंहार र ज्यादतीका विरुद्ध युवाहरु विहानै देखि काठमाडौंका विभिन्न स्थानहरुमा प्रर्दशनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालयले विहान ८ः३० बजेदेखि लागू हुने गरी अर्को व्यवस्थानभएसम्मका लागि भन्दै कर्फ्यु जारी गरेको छ । प्रशासनले जारी गरेको कर्फ्युका बाबजुत पनि युवाहरु प्रर्दशनमा उत्रिरहेका छन् । संसद भवन बानेश्वर क्षेत्रमा युवाहरुले प्रर्दशन गरे लगतै प्रहरी प्रर्दशनकारी केही युवाहरुलाई पक्राउ गरिरहेको छ ।
हिजो भएको प्रर्दशनीमा १९ जनाले ज्यान गुमाएका छन् । सरकारले हिजो गरेको ज्यादती विरुद्ध सर्वत्र निन्दा र भत्र्सना भईरहेको छ ।