काठमाडौंका ठाउँ ठाउँमा टायर बालेर सरकारको विरोध

काठमाडौं। जेनजी प्रर्दशनमा सरकारले गरेको धरपकडका कारण १९ जनाले ज्यान गुमाएपछि देशैभर आन्दोलन चर्किएको छ । आन्दोलनकारीलाई सडकमा आउन नदिने सरकारले विभिन्न जिल्लामा कर्फ्यु लगाएको भएपनि सरकारको रवैवाबाट आजित भएका जनताहरु सडकमा उत्रिएका छन् । काठमाडौंका विभिन्न ठाउँमा आन्दोलनकारीहरुले टायर बालेर विरोध गरिरहेका छन् ।

आन्दोलनकारीहरु कुनै पनि हालतमा आन्दोलन नछाड्ने भन्दै कर्फ्यु तोडेर सडकमा निस्किएका छन् ।