माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरमा आन्दोलनकारीले गरे ढुङ्गामुढा

काठमाडौँ । जेनजी अभियानका क्रममा १९ जनाको निधन भएपछि युवामात्र नभई अन्य नागरिकहरु पनि आक्रोशित वन्दै सडकमा आगजनी गरिरहेका छन् । आन्दोलनमा उत्रिएकाहरु नेताहरुको घरमा ढुङ्गामुढा तथा आगजनी गर्न थालेका छन् । यसले मुलुकमा ठूलो दुर्घटना नित्म्याउने संकेत देखिएको छ । यसै क्रममा मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटार स्थित निवासमा पुगेर ढुंगामुढा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार प्रचण्ड निवासमा आज बिहान ढुंगामुढा भएको हो । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन क्रमश उग्र वन्दै गएको छ ।