किन भएन संकटकाल घोषणा, कसरी वन्न सक्छ अन्तरिम सरकार ?

काठमाडौं । गत भाद्र २३ गतेशुरु भएको जेनजी आन्दोलनमा सरकारले गरेको दमनका कारण १९ जना युवाहरुले ज्यान गुमाएसँगै जेनजीको आन्दोलन भड्किएको थियो । जसका कारण भाद्र २४ गते मंगलबार दिनभर नै देशका विभिन्न निकायहरुमा आगजनी भयो । दिनभरको आगजनीले तानाशाह बन्न खोजिरहेका प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्यूत गर्न सफल भयो । जेनजीको आन्दोलनकै कारण ओली बालुवाटार निवासबाट नेपाली सेनाको सहयोगमा भाग्नु पर्ने अवस्था आयो ।

जेनजी प्रदर्शनकारी बालुवाटार छिर्नु केही समय अघि राजीनामा दिएका ओलीलाई सेनाले सुरक्षित स्थानमा लग्यो । मुलुकमा भईरहेको व्याप्त भ्रष्टाचार र नेतृत्व बर्गका आफन्तले देश लुटिरहेको टुलुटुली हेर्न नसकेका जेनजीले मुलुक जोगाउन प्रर्दशन गर्यो । सोही प्रर्दशनको बलमा कांग्रेस एमाले ठूला दुई दलले लाद्न खोजेको शासन सत्ता ढल्यो ।

मुलुक अहिले संक्रमणकालिन अवस्थामा छ । राजीनामा दिएर गएका प्रधानमन्त्री ओली लगायतका मन्त्रीहरुलाई सेना सुरक्षित स्थानमा राखिरहेको छ । देश जलेर खरानी भईसक्दा पनि राष्ट्रपति नेपाली सेनाको सुरक्षामा बसेर जेनजी समूहहरुका प्रतिनिधिहरुसँग छलफल गर्ने योजना बनाईरहेका छन् ।

तर अहिले राष्ट्रपतिले मुलुक जलिरहँदा संकटकाल घोषणा गर्नु पर्ने थियो त्यो गरेको देखिएन । नेपालको संविधान २०७२ को भाग ३० को दफा २७३ ले यस्तो संकटको अवस्थामा राष्ट्रपतिलाई संकटकाल घोषणा गर्ने अधिकार दिएको भएपनि उनले संकटकाल घोषणा गर्ने आँट गरेका छैनन ।

नेपालको संविधानको धारा २७३ ले भनेको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक, अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रृखंलतता, प्राकृतिक विपद वा महामारीको कारण गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालिन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ ।’

तर राष्ट्रपतिले यस्तो संकटको घडीमा पनि मुलुकमा संकटकाल घोषणा नगरी र संसद विघटन नै नगरी जेनजीका प्रतिनिधिहरुसँग छलफल गरी अन्तरिम सरकार गठन गर्नु मिल्दैन । यदि जेनजीमाथि विश्वास घात नगर्ने हो र वास्तविक रुपमा नै अन्तरिम सरकार गठन गर्ने हो भने मुलुकमा संकटकाल घोषणा गरी संसद भंग गर्नु पहिलो आवश्यकता हो ।

त्यस्तै नेपालको संविधान२०७२ ले संकटकालिन व्यवस्था गरेको भएपनि अहिले नागरिक समाजका तर्फबाट अन्तरिम सरकारको गठन गर्ने कतै उल्लेख नभएका कारण यही संविधान मार्फत अन्तरिम सरकार गठन कसरी गर्न सकिन्छ । जेनजीले उठाउनु पर्ने पहिलो एजेण्डा नै वर्तमान संसद विघटन हुनु पर्छ । संसद विघटन नै नगरी नयाँ प्रधानमन्त्री छान्न हौसिनु कानुनत ः गलत सन्देश जाने देखिन्छ ।