काठमाडौं । व्यापारीहरुको कतिपय आफ्नै स्वार्थका लागि सरकारी कार्यालय र लोगो दुरुपयोग गरेको भेटिन्छन् । अहिले जेनजी आन्दोलनका क्रममा नेपालमा अवौं रुपैयाँ राजश्व छली गरेको आरोप लागेको एनसेलमाथि भएको तोडफोडका विरुद्ध प्रहरीमा उजुरी दिएको छ । भदौ २४ गते जेन–जी आन्दोलनका नाममा आपराधिक समूहले गरेको तोडफोड, आगजनी र डकैती घटनाबारे एनसेलले प्रहरीमा उजुरी दर्ता गरेको छ ।
एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दर्ता गरेको हो । एनसेलले उजुरीमा भवनभित्र प्रवेश गरी ग्राहक सेवा केन्द्र, रिसेप्सनलगायतका तल्लामा रहेका बहुमूल्य विद्युत उपकरण, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, कफी मेसिन, फिटनेस सामग्री, नगद र सेफमा रहेका कागजात तथा धातुजन्य सामानसम्म डकैती गरिएको उल्लेख गरेको छ । साथै, कार्यालय प्रयोजनका महत्त्वपूर्ण कागजात, प्रमाणपत्र, अनुमतिपत्र र जग्गाधनी प्रमाणपुर्जासमेत जलाइएको वा लुटिएको दाबी गरेको छ ।
उजुरीमा एनसेल आन्दोलनकारीले समूह बनाएर सुरक्षाकर्मीलाई धम्क्याई कोठामा थुनेपछि भवनको प्रत्येक तलामा तोडफोड तथा आगजनी गरेको कर्मचारीका व्यक्तिगत लकरसमेत फोडी ल्यापटप र गहनादेखि निजी सामानसम्म डकैती गरिएको उल्लेख गरेको छ ।
त्यसैगरी, एनसेलको आफ्नै तथा भाडामा लिइएका महँगा मोटरगाडीहरू पनि नियन्त्रणमा लिएर भवनको आँगन र सडकमा ल्याई आगजनी गरिएको उजुरीमा जनाइएको छ। कर्मचारीका निजी सवारीसाधनसमेत तोडफोड र जलाइएका कारण ठूलो आर्थिक तथा भौतिक क्षति भएको कम्पनीको दाबी छ ।
प्रहरीमा गरेको उजुरीलाई आधार बनाएर एनसेलले इन्स्योरेन्स कम्पनीबाट क्षति भन्दा बढी रकम दावी भुक्तानी गर्न खोजेको देखिन्छ । प्रहरीको कागजातमा आधारमा ठूलो रकम हत्याउने प्रयास एनसेलले गरेका कारण प्रहरीले स्थलगत रुपमा अनुगमन नगरी उजुरीकै आधारमा आप्नो पत्र दुरुपयोग हुन नदिओस् ।


Add Comment