फ्रान्सद्वारा स्विडेन पराजित

Sweden's Jacob Widell Zetterström cannot stop a goal by France's Bradley Barcola during a World Cup round of 32 soccer match between France and Sweden in East Rutherford, N.J., near New York, Tuesday, June 30, 2026. (AP Photo/Matt Slocum)

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्‍यो ।

फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्नुभयो भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गर्नुभयो । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।

अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै बसुधबार बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबिच खेल हुँदैछ ।