काठमाडौं । सरकारले एमसीसी स्वीकृत गर्ने संकेत देखिएपछि २२ बामपन्थी दलहरुले संयुक्त रुपमा त्यसको विरोध गर्ने भएका छन् । फागुन २ गते सोमबार २२ बामपन्थी दल एवं अन्य राजनीतिक मोर्चाहरुको समेत सहभागितामा काठमाडौंमा विरोध गरिन लागिएको हो । सोमबार हुने विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि ती दल र मोर्चाले अपील गरेका छन् ।
राजधानीको माइतीघरदेखि नयाँ वानेश्वरसम्म हुने विरोध र्यालीमा नेकपा माले, नेकपा (संयुक्त), नेकपा (मालेमा केन्द्र) लगायतका २२ वामपन्थी, मोर्चा, अभियान र संगठनको सहभागिता रहने पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मैनालीले विरोध र्यालीमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा फागुन १ गते बागबजार चोकदेखि शान्तिबाटिका सम्म मसाल जुलुस समेत आयोजना गरिएको विज्ञप्तिमा जनाइएको छ ।
Add Comment